
काठमाडौं । सुनसरी क्षेत्र नम्बर -४ मा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार दीपककुमार साह निर्वाचित भएका छन् । रास्वपा उम्मेदवार साहले ४२ हजार ७४१ मत प्राप्त गर्दै जित निकालेका हुन् ।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पूर्वअर्थमन्त्री कार्कीले १६ हजार ५८७ मत पाए ।
नेकपा एमालेका जगदीश प्रसाद कुशियतले आठ हजार ६३१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका महमद महफुज अन्सारीले तीन हजार ४३२ मत प्राप्त गरेर चौथो स्थानमा रहेका छन् । यस्तै श्रम संस्कृति पार्टीका विष्णु रानाले दुई हजार ७६३ मत प्राप्त गरे भने राप्रपाका प्रेमप्रसाद भट्टराईले ८२१ मत प्राप्त गरे ।
























