
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिक तर्फकाे मतगणना करिब ७७ प्रतिशत सकिएकाे छ । पछिल्लाे मतगणना विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।कांग्रेस, एमाले, नेकपा, राप्रपा पछिपछि छन् । तर श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड भने जोखिममा नै छ ।
७६ लाख ९२ हजार ४५९ मतगणना हुँदा रास्वपाले ३७ लाख २२ हजार ५६३, नेपाली कांग्रेसले १२ लाख ५४ हजार ३०३, नेकपा एमालेले १० लाख ६२ हजार १५२, नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ४५ हजार ६०५, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६१ हजार ८४३ र श्रम संस्कृति पार्टीले २ लाख ५१ हजार ४०५ मत पाएकाे छ ।
समानुपातिक तर्फ खसेकाे तीन प्रतिशत मत कटाउने दलले राष्ट्रिय दलकाे मान्यता पाउँछ । राप्रपा र श्रम संस्कृति पार्टी बाहेक अरुले त्यो सीमा अहिले नै कटाइसकेका छन् ।
























