इलाममा श्रम संस्कृति र कांग्रेसबीच कडा प्रतिस्पर्धा

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार ०९:५३

इलाम ।  इलाम क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो प्राप्त तथ्याङ्क अनुसार नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई र श्रम संस्कृति पार्टीका उम्मेदवार बिनोद नेम्बाङबीच तीव्र प्रतिस्पर्धा देखिएको हाे ।

मतगणनाको पछिल्लो नतिजा अनुसार श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु ११,४३६ मतका साथ कडा टक्कर दिइरहेका छन् । नेपाली कांग्रेसका निश्कल राई ११,५६७ मतसहित झिनो अन्तरले अगाडि देखिएका छन् ।

नेकपा एमालेका काजी मान कागते १०,४४७ मतका साथ उनीहरूलाई पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ७,४५१ मत प्राप्त गरेका छन् । नेकपाका रणबहादुर राईले ६,१२६ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.