
विराटनगर । संखुवासभामा जारी मतगणनामा नेकपा (एमाले)ले आफ्नो अग्रतालाई कायमै राखेको छ । सुरुवाती गणनादेखि नै अगाडि रहेको एमाले अहिलेसम्म दोस्रो भएको छैन ।
एमालेका डा. अर्जुनकुमार कार्की ११ हजार ५१४ मतसहित अगाडि छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १० हजार ७०३ मतका साथ पछ्याइरहेका छन् । कार्की र शेर्पाको मतान्तर ८११ छ ।
नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठ ८ हजार ७६५ मतसहित तेस्रो, श्रम संस्कृति पार्टीकी उमाकुमारी राई ६ हजार ९९३ मतसहित चौथो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सरिता थापा १ हजार ३१८ मतसहित पाँचौं स्थानमा छन् ।
























