
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १६३ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
हालसम्म प्राप्त नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५ सिट जित्दै अग्रस्थानमा रहेको छ । नेपाली कांग्रेसले १८, नेकपा (एमाले)ले ८, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ७ र श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ र स्वतन्त्र उम्मेदवार १ सिटमा विजयी भएका छन् । अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवार ठूलो मतान्तरले विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
संखुवासभामा मतगणना जारी छ । त्यहाँ एमालेका अर्जुनकुमार कार्की अग्रस्थानमा छन् । धनुषा–१ को परिणाम भने आयोगले हाल सार्वजनिक नगर्न निर्देशन दिएको छ ।
























