चुनाव हारेपछि राजीनामा दिने मुडमा कांग्रेस सभापति गगन थापा

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार १९:४९

काठमाडाैं । सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेस सभापति गगन थापाले राजीनामा दिने मनस्थिति बनाएका छन् । उपसभापति विश्वप्रकाश शर्मासँग उनले राजीनामा दिने बताएका हुन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावको पराजयको जिम्मेवारी लिँदै आफूले पद त्याग्नु उचित हुने उनकाे भनाई थियाे । शर्माले भने तत्काल राजीनामा दिन नहुने बताएका थिए । ‘म सभापति पदबाट राजीनामा दिन्छु,’ सभापति थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उपसभापति विश्वप्रकाश शर्माले अहिले राजीनामा नगर्न सुझाव दिनुभएको छ।’

विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आएको ५० दिनमा चुनाव भएकोले चुनावी पराजयको समग्र सूक्ष्म समीक्षा गरेर स्थितिलाई सम्हालेर अघि बढ्नुपर्ने उपसभापति शर्माले बताएका थिए । सभापतिले पदबाट राजीनामा दिए पार्टी झनै अप्ठ्यारो अवस्थामा पुग्ने उनकाे भनाई थियाे ।

फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारीहरू पराजित भएका थिए। कांग्रेसले प्रत्यक्ष तर्फ १८ सिटमा मात्रै जित हासिल गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.