निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि निष्क्रिय हुने

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार २०:३१

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको  ‘निर्वाचन आचारसंहिता २०८२’ आज राति १२ बजेदेखि लागू नहुने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले  ‘निर्वाचन आचारसंहिता २०८२’ आज राति १२ बजेदेखि लागू नहुने निर्णय भएको जानकारी दिए ।

गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम आचारसंहिताको व्यवस्था गत माघ ४ गते रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको थियो ।

गत माघ ४ गतेको आयोगको निर्णयअनुसार त्यसै राति १२ बजेदेखि आचारसंहिता लागू भएको थियो । उक्त आचारसंहिता आज रातिदेखि निष्क्रिय हुने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.