
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै भविष्यप्रति सचेत गराएको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत रास्वपालाई आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न सुझाव दिएका छन्।
प्रवक्ता श्रेष्ठले निर्वाचनको यो अकल्पनीय नतिजालाई लिएर भोलिका दिनमा मुलुकले पछुताउनु पर्ने अवस्था नआओस् भन्दै सतर्क गराएका हुन्।
उनले लेखेका छन्, ‘निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता दिलाएको छ। यो निर्वाचनको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस्, त्यो पश्चाताप देशले थेग्न सक्ने छैन।’ उनले रास्वपाका साथै रवि लामिछाने र बालेन शाहलाई समेत बधाई दिँदै नयाँ शक्तिको उदयले मुलुकको भविष्यमा पार्ने प्रभावप्रति सङ्केत गरेका छन्।
























