रुविना आचार्यको चुनाव खर्च १२ लाख ४० हजार

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २८, बिहीबार १७:३३

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालालाई भारी मतान्तरले पराजित गरेकी रास्वपा नेतृ रुविना आचार्यले चुनाव खर्च विवरण बुझाएकी छन् । फागुन २८ गते बिहीबार आचार्यले १२ लाख ४० हजार ७ सय ६ रुपैयाँ खर्च भएको विवरण बुझाएकी हुन् ।

निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा सवारी साधन भाडाका लागि १ लाख ४९ हजार ४ सय, अभियान्ता, स्यंसेवक, प्रतिनिधि खाना, खाजा, चिया पानी खर्चमा २ लाख ४७ हजार ९३५ रुपैयाँ खर्च भएकाे उल्लेख छ । सचिवालय स्थापना र चियाँ नास्ता शीर्षकमा १२ हजार ९३५, बुथ प्रतिनिधि प्रशिक्षण, व्यवस्थापनका लागि २ लाख, प्रचारप्रसार सामग्री, साउन्ड सिस्टम सिटी रिक्सामा प्रचारका लागि २ लाख २५ हजार ७७६ रुपैया र विद्युतीय प्रचारप्रसार फोटोकपी तथा भिडियोग्राफीका लागि ३ लाख रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन् ।

निर्वाचन प्रतिनिधिको रुपमा आचार्यको खर्च विवरण प्रदिप उप्रेतीले बुझाएका देखिन्छ । उप्रेती सांसद आचार्यको श्रीमान हुन् ।

क्षेत्र नम्बर ६ मा आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी थिइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार विनोदप्रसाद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.