सर्वोच्चबाट पक्षमा आएन आदेश, बिच्छाको सांसद पद गुम्यो

Share this
629shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार १८:१९

काठमाडौं । राप्रपाबाट निष्कासित मधेश प्रदेशसभा सदस्य कन्चन बिच्छाको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । यो सँगै उनको संसदमा बहाल रहने सम्भावना टरेको छ ।

न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले शुक्रबार सुनुवाईपछि रिट खारेज गरेको छ ।

नेकपा एमालेका नेता सरोज यादव नेतृत्वको सरकारमा पार्टीको निर्देशनविपरित सहभागी भएपछि उनलाई राप्रपाले फिर्ता बोलाएको थियो ।

पार्टीको निर्देशन अटेर गरेपछि उनीमाथि अनुशासनको कारवाही गर्दै राप्रपाले प्रदेश सभा सदस्यबाट हटाएको थियो । समानुपातिक सांसद बिच्छा पद बहालीको माग बोकेर सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्चले उनको रिट खारेज गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.