समानुपातिक सांसद छान्न रास्वपाकाे बैठक बस्दै

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार ०६:५४

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ बहुमत ल्याएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।

शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन् ।

सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको छ । प्रवक्ता झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ ।

बैठकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ । रास्वपाले ५७ जना समानुपातिक सांसद छान्दैछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.