कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार ०८:०९

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएकाे छ । समानुपातिकतर्फ निर्वाचित हुने २० सांसदको सूची बुझाउन आइतबार दिउँसो १ बजेका लागि बैठक बाेलाएकाे हाे ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले भनेका छन् ।

‘समानुपातिक बन्दसूचीमा रहेका उमेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने’ एजेन्डा राखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.