विराटनगरमा १ पुरुष मृत अवस्थामा फेला

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार १२:४०
सांकेतिक तस्बिर

विराटनगर। विराटनगर महानगरपालिका–१४ स्थित सिंघिया खोलाको झोलुङ्गे पुलमा आज आइतबार बिहान १ जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा विराटनगर-८ बस्ने करिब ४१ वर्षीय सुजित कुमार सिंह छन्।

बिहान साढे १० बजेतिर सिंह पुलमाथि मृत अवस्थामा रहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। जतुवास्थित सिआरभी पोस्टबाट प्रहरी टोली घटनास्थल पुगेर क्षेत्रलाई सुरक्षित राखेको छ।

घटनाको थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राईको नेतृत्वमा टोली खटिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.