सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २, सोमबार १९:१७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई लक्षित गर्दै यही चैत्र ३ र ४ गते कार्यक्रम आयोजना गरेकाे हाे ।

पार्टीद्वारा जारी सूचनाअनुसार अभिमुखीकरण कार्यक्रम बिहान १० बजे बाट सुरु हुनेछ । कार्यक्रम होटल रोयल टुलिप मा सञ्चालन हुने बताइएको छ । महामन्त्री कविन्द्र बुर्लाकाेटीद्वारा हस्ताक्षरित सूचना अनुसार कार्यक्रम आवासीय हुने र सांसदहरूको खाना तथा आवासको व्यवस्था पार्टीले नै गर्ने जनाइएको छ।

Advertisement

कार्यक्रम अवधिभर हलभित्र मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको छ ।साथै कार्यक्रम स्थलमा परिवार सदस्य, साथी वा अन्य पाहुनालाई ल्याउन नपाइने स्पष्ट निर्देशन दिइएको छ । कार्यक्रम स्थलमा सांसदहरूले परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न समेत निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा होम बिल्ड एक्जिविसन आयाेजना हुँदै
सामाजिक सञ्जालमा भ्रम फैलिएपछि सांसद रुक्मिणीदेवी कोइरालाकाे आपत्ति
उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा बजारमा ग्यास अभाव
सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध
यी हुन् ११० जना समानुपातिक सांसद
नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला
रवि लामिछानेविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने
‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि : भाडा समायोजन गर्न महासंघको माग
काँकडभिट्टा–लौकही सडक योजनामा स्वार्थको द्वन्द्व: सीडीई पन्तको पदस्थापन विवादमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.