कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १६:२१

काठमाडौं। नेपाली कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।

बैठकका औपचारिक एजेन्डाहरू स्पष्ट रूपमा सार्वजनिक नगरिए तापनि यसअघि सम्पन्न निर्वाचनको समीक्षा हुन बाँकी रहेकाले सोही विषयमा छलफल हुने अनुमान गरिएको छ। गत फागुन २१ मा भएको निर्वाचनपछि कांग्रेसले हालसम्म विस्तृत समीक्षा गरेको छैन। यसअघि बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदहरू छनोट गर्ने निर्णय गरेको थियो।

कार्यसम्पादन समितिको बैठकपछि नेताहरूले आगामी केन्द्रीय कार्यसमितिको बैठकमार्फत निर्वाचन परिणाम र पार्टीको अवस्थाबारे गम्भीर समीक्षा गरिने बताएका थिए। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे पनि छलफल हुने सम्भावना छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.