कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे छलफल नहुने

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार ११:४८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारका विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो ।

पार्टीभित्र १५ औँ महाधिवेशनको कार्यतालिका आउने चर्चा चले पनि यो बैठकमा महाधिवेशनको मितिबारे कुनै छलफल नहुने सहमहामन्त्री उदय शमशेर राणाले बताए । सहमहामन्त्री राणाका अनुसार बैठकमा मुख्य गरी पार्टी सभापतिको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा गर्ने एजेन्डा तय गरिएको छ ।

निर्वाचनको परिणामपछि पार्टीभित्र नेतृत्वको आलोचना भइरहेका बेला बस्न लागेको यो बैठकलाई निकै चासोका साथ हेरिएको छ । बैठकमा निर्वाचनमा व्यहोरेको हारको कारण र आगामी रणनीतिका विषयमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.