फायल फाेटाेकाठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद–उल–फित्र)का अवसरमा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा ईद पर्वका अवसरमा चैत ७ गते शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरिएको छ ।
यसअघि राजपत्रमार्फत ईद–उल–फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाउँदै सोहीअनुसार बिदा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।























