नेविसंघ सिनेट बैठक: संगठनलाई  ‘कार्यगत स्वायत्तता’ दिने एजेन्डा 

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार १९:४८

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को सिनेट बैठकमा संगठनको  ‘कार्यगत स्वायत्तता’ सम्बन्धी महत्त्वपूर्ण प्रस्ताव पारित गर्ने तयारी गरिएको छ । बैठकमा सहभागी सिनेट सदस्यहरूले विद्यार्थी संगठनको आन्तरिक निर्णय प्रक्रिया र स्वतन्त्रतालाई थप सुदृढ बनाउने विषयमा घनीभूत छलफल भइ रहेको छ ।

यो एजेन्डा पारित भएमा नेविसंघले आफ्नै नियम, विधान र निर्णय प्रक्रिया अनुसार स्वतन्त्र रूपमा सञ्चालन हुने कानुनी र नीतिगत वैधानिकता प्राप्त गर्नेछ । यस कदमले संगठनभित्र पारदर्शिता सुनिश्चित गर्दै नेतृत्वलाई थप जबाफदेही र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

बैठकमा सहभागी सदस्यहरूले यस प्रस्तावलाई विद्यार्थी नेतृत्वको विकास र विद्यार्थी अधिकारको संरक्षणका लागि एक ऐतिहासिक कदमका रूपमा लिएका छन् । संगठनलाई बाह्य हस्तक्षेपमुक्त बनाउँदै आफ्नै विधान अनुसार चलाउन यो व्यवस्था कोसेढुंगा सावित हुने नेताहरूको भनाइ छ।

सिनेट बैठकमा संगठनको आगामी कार्यदिशा र विद्यार्थी आन्दोलनका विविध आयामबारे समेत छलफल जारी रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.