बालेनलाई संसदीय दलको नेता चयन गर्दै रास्वपा

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १०, मंगलबार १०:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ ।

बालेनलाई संसदीय दलको नेता चयन गर्न पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसे ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

बैठकमा संसदीय दलको नेतृत्व चयनदेखि समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुने बताइएको छ । रास्वपाभित्र पछिल्लो समय नेतृत्व व्यवस्थापन र संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा बहस चलिरहेको छ ।

सोही सन्दर्भमा बालेनलाई संसदीय दलको नेताको जिम्मेवारी दिने प्रस्ताव अघि सारिएको हो । पार्टीका शीर्ष नेताहरूबीच यस विषयमा सहमति भइसकेको स्रोतले बतायो ।

यदि बैठकले प्रस्ताव अनुमोदन गरेमा बालेन संसदीय दलको नेतृत्व सम्हाल्दै प्रधानमन्त्री बन्ने छन् । बालेनलाई रास्वपाले यसअघि नै प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.