पथरीशनिश्चरेमा मोटरसाइकल ग्यारेजमा आगलागी, एक घाइते

Share this
630shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १०, मंगलबार ११:२९
पथरीशनिश्चरेमा मोटरसाइकल ग्यारेजमा आगलागी, एक घाइते

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मन्दिर लाइनस्थित कृष्ण थापाको घरमा भाडामा सञ्चालन हुँदै आएको मोटरसाइकल ग्यारेजमा सोमबार राति आगलागी भएको छ ।

पथरीशनिश्चरे–२ सरस्वती टोलका ३४ वर्षीय खिलबहादुर परियारले भाडामा लिई सञ्चालन गर्दै आएको ग्यारेजका २ सटर कोठामा  सोमबार राति करिब १० बजेतिर विद्युत् लाइन सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पथरीको टोली, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा करिब ११ बजेसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा ग्यारेज सञ्चालक परियार घाइते भएका छन् । उनको बायाँ हात, पेट र खुट्टामा पोलेको चोट लागेको छ । हाल उनको पथरी अस्पतालमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार आगलागीबाट चौपायामा कुनै क्षति नभएको छ भने अन्य भौतिक क्षतिको विवरण संकलन भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.