४७ जना सांसदले मातृ भाषामा शपथ ग्रहण गर्ने

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १०, मंगलबार १८:३५

काठमाडौं । ४७ जना सांसदले नेपाली बाहेकको भाषामा शपथ लिन नाम टिपाएका छन् । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले ४७ जना सांसदले मातृ भाषमा शपथ लिन नाम टिपाएको जानकारी दिए ।

२१ फागुनको निर्वाचनबाट आएका प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ गते हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिँदैछिन् ।

सांसदद्वय उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ लिँदैछन् । कृपाराम रानाले राना थारू भाषामा शपथ लिने तयारी गरेका छन् । सांसदद्वय गीता चौधरी र प्रमिलाकुमारी गच्छदारले थारू भाषामा शपथ लिने भनेर नाम टिपाएका छन् ।

सांसदद्वय विराजभक्त श्रेष्ठ र कुलभक्त शाक्यले नेपाल भाषामा शपथ लिँदैछन् ।

२०७० मा ३५, २०७४ मा ४६ र २०७९ सालमा २८ सांसदले नेपाली बाहेकका मातृभाषामा शपथ लिएका थिए । २०६४ को संविधानसभामा २६४ जनाले आआफ्ना मातृभाषामा शपथ लिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.