
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलकोबाट बुधबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख र उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा केसी समानुपातिक प्रणालीबाट संसद पुगेका हुन् ।
उनले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथग्रहरण गराउने छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फको निर्वाचनबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सांसद निर्वाचित भएका छन् ।
शपथलगत्तै केसीले संसद् सचिवालयमा पुगेर पदभार ग्रहण गरेका छन् । उनी ७८ वर्षका छन् । उनीबाट २७४ जना सांसदले बिहीबार शपथ लिनेछन् । सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता बैठको अध्यक्षता केसीले नै गर्नेछन् ।
























