सडकबाटै ‘जनताको सरकार चलाउने’ उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङको उद्घोष

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ११, बुधबार १५:२१

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले सडकबाटै सरकार चलाउने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

अध्यक्ष घिसिङले मतदाताले आफूहरूलाई सडकमा बसेर खबरदारी गर्न म्यान्डेट दिएको उल्लेख गर्दै सोहीअनुसार आम जनताको आवाज उठाउने बताए । उनले देशलाई समृद्धिको दिशामा लैजान र समाजमा व्याप्त विभेद अन्त्यका लागि सडकबाटै सशक्त भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे । देशलाई सही बाटोमा डोर्‍याउन सरकारलाई निरन्तर खबरदारी गर्ने उनको भनाइ थियो ।

आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा उज्यालो नेपाल पार्टी एक सशक्त शक्तिका रूपमा उदय हुने जिकिर गर्दै घिसिङले अब पार्टीको संगठन गाउँटोलसम्म विस्तार गरिने जानकारी दिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने घिसिङ नेतृत्वको पार्टीले कुनै पनि सिट जित्न सकेको थिएन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.