कांग्रेस महाधिवेशन असोजमा

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ११, बुधबार १९:०९

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्दै नयाँ मिति सार्वजनिक गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले भदौ महिनादेखि अधिवेशन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

संशोधित तालिका अनुसार वडा अधिवेशन भदौ २ गतेबाट सुरु हुनेछ। त्यसपछि गाउँ–नगर अधिवेशन भदौ ७, प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ १७ मा र क्षेत्रीय अधिवेशन भदौ २४ मा सम्पन्न गरिने तय भएको छ छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूको अधिवेशन असोज २ र ३ गते तथा प्रदेश अधिवेशन असोज ७ र ८ गते हुनेछ ।

यसअघि साउन महिनाबाट अधिवेशन प्रक्रिया सुरु गर्ने प्रस्ताव रहे पनि समयतालिका हेरफेर गर्दै नयाँ मिति निर्धारण गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । पुरानो कार्यतालिका अनुसार महाधिवेशन भदौमै गर्ने योजना थियो ।

अब पार्टीको १५ औं महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । नयाँ कार्यतालिकाले पार्टीको आन्तरिक तयारीलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.