कांग्रेसद्वारा नवनिर्वाचित सांसदहरूका लागि चैत १४ गते अभिमुखीकरण कार्यक्रम

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १२, बिहीबार ११:४४

काठमाडौं। नेपाली कांग्रेसले आफ्ना सङ्घीय सांसदहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई संसदीय प्रक्रियाबारे जानकारी दिन यस्तो निर्णय गरेको हो ।

चैत १४ गते आयोजना हुने यस कार्यक्रममा गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधि सभाका सदस्यहरू र राष्ट्रिय सभाका नयाँ सदस्यहरू सहभागी हुनेछन् । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार अभिमुखीकरणमा सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया, प्राथमिकता र पार्टीको आगामी प्रतिज्ञाका बारेमा प्रशिक्षण दिइनेछ ।

निर्वाचनपछि संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन र नयाँ सांसदहरूलाई सदनको कार्यविधिबारे अभ्यस्त गराउन यो कार्यक्रम तय गरिएको कांग्रेसले जनाएको छ । बैठकले संसदीय दललाई अझ व्यवस्थित र सक्रिय बनाउने रणनीति समेत तय गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.