
काठमाडौं । डोटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा ५० वर्षीय काले नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आदर्श गाउँपालिका–७ दहकालीकाका नेपाली बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा बेहोस भएका थिए ।
घटनापछि आफन्तले उनलाई तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।























