प्रतिशोध साध्न पक्राउ गरियाे :ओली

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार ०८:०२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई  प्रतिशोधपूर्ण रुपमा पक्राउ गरेकाे बताएका छन् । उनले कानुनी लडाइँ लड्ने पनि बताए । भदाै २३ र २४ गतेकाे जेनजी आन्दाेलनका लागि छानविन गर्न गठित आयाेगले कारवाही सिफारिस गरेपछि पूर्वप्रधानमन्त्री ओलीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको  थियाे ।

उनले पक्राउअघि वकिलहरूसँग परामर्श गरेका थिए । उनले वकिलहरूलाई कानुनी लडाइँ लड्न तयारी रहन भनेका थिए।

प्रहरीले जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका रमेश लेखकलाई पनि शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ । लेखकले पनि प्रतिसाेधपूर्वक पक्राउ गरेका कारण कानुनी लडाइ लड्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.