प्रतिशाेधपूर्ण गतिविधि गलत : मुख्यमन्त्री कार्की

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार ०९:४०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का सचिव हिक्मतकुमार कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता कांग्रेस नेता रमेश लेखकको गिरफ्तारी विराेध जनाएका छन् । उनले गिरफ्तारी प्रतिशोधपूर्ण भएकाे पनि बताए ।

सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री कार्कीले सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै यस्ता गतिविधिले मुलुकलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने बताए ।

लोकतान्त्रिक व्यवस्थामा प्रतिशोधको राजनीति स्वीकार्य नहुने उल्लेख गर्दै कार्कीले लेखेका छन्, “मुलुकलाई द्वन्द तर्फ लैजान, प्रतिसोधपूर्ण गतिविधि गर्नु गलत हो । लोकतन्त्रमा प्रतिसोधको स्थान हुदैन।”

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.