चिनियाँ प्रधानमन्त्री ली छियाङद्वारा प्रधानमन्त्री बालेन शाहलाई बधाई

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार ११:५०

काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली छियाङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई बधाई सन्देश पठाएका छन्। शनिबार पठाएको बधाई सन्देशमार्फत चिनियाँ प्रधानमन्त्री लीले नेपालको नयाँ सरकारलाई चीनको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएका हुन्।

बधाई सन्देशमा प्रधानमन्त्री लीले चीन र नेपाल पहाड तथा नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएको उल्लेख गरेका छन्। कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त (पञ्चशील) द्वारा निर्देशित भएर द्विपक्षीय सम्बन्धलाई मजबुत बनाएको कुरामा उनले जोड दिएका छन्।

प्रधानमन्त्री लीले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको निरन्तर साथ रहने बताएका छन्। यसका साथै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई संयुक्त रूपमा अगाडि बढाउन र विभिन्न क्षेत्रमा उच्च स्तरको सहयोग सुदृढ गर्न आफू प्रधानमन्त्री शाहसँग नजिक रहेर काम गर्न तयार रहेको सन्देशमा उल्लेख छ।

काठमाडौँस्थित चिनियाँ राजदूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारी अनुसार विकास र समृद्धिका लागि चीन–नेपाल मैत्रीपूर्ण रणनीतिक सहकारी साझेदारीलाई थप उचाइमा पुर्‍याउन चीन प्रतिबद्ध रहेको बताइएको छ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.