प्रतिवेदन जलाउँदै एमालेको विरोध, ओली पक्राउविरुद्ध सडकमा कार्यकर्ता

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार १५:००

काठमाडौं । नेकपा (एमाले)का कार्यकर्ताहरूले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोध गर्दै जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक रूपमा जलाएका छन् ।

शनिबार च्यासलस्थित पार्टी कार्यालय बाहिर भेला भएका कार्यकर्ताहरूले प्रतिवेदन जलाउँदै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले वर्तमान सरकारले राजनीतिक प्रतिशोधका आधारमा कदम चालिरहेको आरोप लगाए ।

उनीहरूले ओलीलाई तत्काल रिहा गर्न माग गर्दै आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् । पार्टी नेतृत्वप्रति लक्षित कारबाही अस्वीकार्य भएको भन्दै कार्यकर्ताहरू आक्रोशित देखिएका थिए ।

अनेरास्ववियुले पनि काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेको छ । विद्यार्थीहरूले टायर बालेर प्रदर्शन गर्दै ओलीको रिहाइको माग गरेका थिए । उनीहरूले पनि जाँचबुझ आयोगको प्रतिवेदन जलाउँदै सरकारको कदमको विरोध जनाए ।

यसैबीच, एमाले सचिवालयले अध्यक्ष ओलीमाथि गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाएको छ । पार्टीले आगामी दिनमा विरोधको थप सशक्त कार्यक्रम ल्याउने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.