कञ्चनजंघा क्षेत्रमा कार्यरत ‘समृद्ध पहाड’का योजना अधिकृत हमालको मृत्यु

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार ०९:४३

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ घर भएका ३३ वर्षीय चन्द्रजंग हमालको कञ्चनजंघा क्षेत्रमा जाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

समृद्ध पहाड संस्थामा योजना अधिकृतका रूपमा कार्यरत हमाल कञ्चनजंघा क्षेत्रमा सपोर्ट स्टाफको रूपमा कार्य क्षेत्रतर्फ जाँदै थिए । सोही क्रममा लेलेपको लोनाकमा शनिबार उनी अचानक बिरामी परेका थिए ।

प्रहरीका अनुसार बिरामी परेका हमालको मृत्यु भएको खबर बिहान पाए लगत्तै प्रहरी चौकी तापेथोकको समन्वयमा एभरेस्ट एयरको हेलिकोप्टरमार्फत मृतकको शवलाई सुकेटार विमानस्थलमा ल्याइएको छ।

घटनाका सम्बन्धमा थप कानुनी प्रक्रिया र अनुसन्धानका भइरहेको छ । शवको पोस्टमार्टम र अन्य प्रक्रियापछि परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.