सरकार पूर्वाग्राही बने देश दुर्घटनामा जान्छ : नेकपा

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार १६:२७

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सरकार पूर्वाग्रह र प्रतिशोध पूर्ण शैलीबाट अगाडि बढे देश दुर्घटना जाने बताएको छ ।

आइतबार केन्द्रीय कार्यालय पेरिसडाडामा नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा संसदीय दलको संयुक्त बैठकमा सरकार विधि, प्रक्रिया र कानुनसम्मत रूपमा अगाडि बढ्न सरकारसँग आग्रह गरेको हो ।

‘सरकारले आग्रह र पुर्वाग्रहबाट काम गर्न हुँदैन । जहाँ पूर्वाग्रही, प्रतिशोधका आधारमा छानबिन हुन्छ, त्यसतर्फ सरकार गयो भने देशमा फेरि दुर्घटनामा जान्छ’, बैठकपछि सांसद महेन्द्रबहादुर शाहीले भने ।

बालेन सरकारले २०४८ सालदेखि राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णयमा नेकपाले सहयोग गर्ने शाहीले बताए । सार्वजनिक ओहोदामा बसेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषय प्रचण्ड सरकारले अगाडि बढाएकाले त्यसमा सहयोग रहने उनले दलको धारणा सुनाए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.