
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा प्रदर्शनमा उत्रदा प्रहरीको कुटाइबाट सांसद साजिदा सिद्विकी घाइते भएकी छन् ।
उनले फेसबुकमा भिडिओ सन्देश जारी गर्दै माइती घर मण्डलामा प्रहरीको लाठीचार्जबाट आफू घाइते भएको जानकारी गराएकी हुन् । ‘विरोध प्रदर्शनमा एकजना महिलाको पेटमा प्रहरीले लाठी हान्यो,’ उनले भनिन्, ‘छेक्न खोज्दा मेरो हातमा चोट लाग्यो ।’
प्राथमिक उपचारपछि उनी अहिले आराम गरिरहेकी छन् । ओली पक्राउको विरोधमा एमाले आन्दोलित बनेको छ । आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो ।
























