
विराटनगर । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका एक फरार कैदी झापाको दमकबाट पक्राउ परेका छन् ।
भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागार काठमाडौंबाट फरार भएका कैदी झापाको दमक नगरपालिका–८ का ३४ वर्षीय सञ्जोग भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई बुधबार साँझ ५ बजेतिर दमक–७ स्थित पशुहाट क्षेत्रबाट पक्राउ गरेको छ ।
पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा पुनः पठाइने प्रहरीले जनाएको छ । प्रहरीले फरार कैदीहरूको खोजी अभियानलाई निरन्तरता दिएको छ ।

























