
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीको संसदीय दलको नेता चयन प्रक्रियाप्रति आपत्ति जनाएका छन् । नेता चयन प्रक्रियामा अपनाइएको शैलीले पार्टीपंक्तिलाई थप चिन्तित बनाएको उनले बताए ।
बुधबार संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन भएका थिए । उक्त पदका लागि सांसद सुहाङ नेम्बाङले पनि आकांक्षा राखेका थिए । तर, प्रस्तावक र समर्थक नपाउने अवस्था बनेपछि थापा निर्विरोध भएका हुन् ।
भट्टराईले केही समय लिएर सांसदहरूबीच छलफल गरी सहमति खोज्नुपर्नेमा दबाबका बीच निर्णय गरिएको टिप्पणी गरेका छन् । उनले वर्तमान परिस्थितिमा पार्टीभित्र एकता र विश्वास मजबुत बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
























