संसदबाट एमालेको यस्तो आरोप

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १९, बिहीबार १६:३१

काठमाडौं । नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बन्नुको कारणका बारेमा गम्भीर प्रश्न उठाएको छ ।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले निर्वाचन परिणाम अस्वाभाविक रहेको संकेत गर्दै विभिन्न संस्थाहरूको भूमिकामाथि आरोप लगाए । उनले रास्वपाको उदयमा नेपाली सेना, ब्युरोक्रेसी, पूर्वप्रधानमन्त्री सुशीला कार्कीसँग जोडिएको शक्ति संरचना, कार्की आयोग तथा बारबरा फाउन्डेसनजस्ता पक्षहरूको प्रभाव रहेको दाबी गरे ।

थापाले यसलाई ‘अभूतपूर्व निर्णय’ भन्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाए । जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा सम्पन्न ‘रंग क्रान्ति’लाई फागुन २१ को निर्वाचनमार्फत वैधानिकता दिइएको उनको आरोप छ । उनले यसलाई ‘नीलो क्रान्ति’को रूपमा व्याख्या गर्दै जेनजी आन्दोलनसँग समेत रास्वपाको संलग्नता रहेको आरोप लगाए ।

उनले चैत १३ गते धार्मिक अनुष्ठानसहित बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीका रूपमा सपथ गराइएको उल्लेख गर्दै आलोचनात्मक शैलीमा बधाईसमेत व्यक्त गरे । एमालेले प्रधानमन्त्रीलाई औपचारिक रूपमा बधाई दिँदै सम्पूर्ण घटनाक्रमप्रति असन्तुष्टि र आक्रोश प्रकट गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.