एमालेभित्र बढ्दैछ विवाद

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २६, बिहीबार ०८:३०

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राम्ररी पराजय बेहोरेको नेकपा (एमाले)भित्र आन्तरिक विवाद बढ्दै गएको छ ।

पुनः चर्किने संकेत देखिएको हो । पार्टीका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले पोखरामा आयोजित कार्यक्रममा दिएको पछिल्लो अभिव्यक्तिले पार्टीभित्रको बहसलाई फेरि सतहमा ल्याएको छ ।

Advertisement

बादलले संसदमा आफ्नो अभिव्यक्ति पार्टीकै लाइनअनुसार रहेको दाबी गर्दै त्यसले पार्टीभित्रका ‘दक्षिणपन्थी प्रवृत्ति’ उजागर भएको टिप्पणी गरेका छन् । उनले आफूले बोलेको विषयले लुकेका आन्तरिक विरोधीहरू बाहिर आएको दाबीसमेत गरे ।

यसअघि संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयबारे नेपाली सेना, निजामती कर्मचारी र अन्तर्राष्ट्रिय समुदायको भूमिकाबारे दिएको अभिव्यक्तिप्रति उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले सार्वजनिक असन्तुष्टि जनाएका थिए । त्यसपछि बसेको एमाले सचिवालय बैठकले उक्त अभिव्यक्तिलाई सच्याउँदै पार्टीको आधिकारिक धारणा स्पष्ट गरेको थियो । जसमा सुरक्षा निकाय र प्रशासनसँग सम्बन्ध सामान्य र मित्रवत रहने उल्लेख थियो ।

तर, पछिल्लो अभिव्यक्तिपछि पार्टीभित्र फेरि असन्तुष्टि देखिएको छ । नेता सूर्य थापाले शीर्ष नेताहरूबीच नै सार्वजनिक विवाद देखिनु गम्भीर विषय भएको टिप्पणी गरेका छन् ।

माओवादी पृष्ठभूमिबाट आएका बादललाई कार्यवाहक अध्यक्ष र संसदीय दलको जिम्मेवारी दिइनु नै पार्टीभित्र पुरानो असन्तोषको कारण मानिएको छ । यस विषयले एमालेभित्रको आन्तरिक मतभेद अझै गहिरिन सक्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.