‘ओली–लेखक पक्राउको औचित्य पुष्टि भएन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २६, बिहीबार १२:२९

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउ औचित्यहीन रहेको बताएका छन्।

दुवै जनालाई हाजिरी जमानीमा रिहा गरिएपछि पोखरेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई आधार बनाएर गरिएको गिरफ्तारीलाई पूर्वाग्रही र अपूर्ण भएको आरोप लगाए । पक्राउ गर्दा पनि कुनै ठोस आधार पुष्टि हुन नसकेको र अन्ततः हाजिरी जमानीको सहारा लिनु परेको घटनाले गम्भीर प्रश्न उठाएको उनको भनाइ छ । पोखरेलले यसलाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी पनि गरेका छन् ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.