श्रममन्त्री साहलाई हटाउने तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २६, बिहीबार १५:४६

काठमाडौं । स्वार्थ बाझिने काम गरेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन् ।

विगतमा पनि साहको छवि विवादित थियो । मन्त्री बनेपछि पनि विवादित काम गरेपछि प्रधानमन्त्रीले हटाउने तयारी गरेका हुन् ।

Advertisement

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रममन्त्री साहका गतिविधि मन्त्रालयको स्वार्थसँग बाझिने खालको छ । उनी मन्त्री नियुक्त भएको १३ दिन मात्रै भएको छ ।

साह विगतमा एजुकेसन कन्सल्टेन्सीको विवादमा परेका व्यक्ति थिए ।

श्रममन्त्री साहकी श्रीमति जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्यको रुपमा बैठकमा सहभागी भएको विषय बाहिर आएपछि उनी अहिले विवादमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.