उपसभामुख दौडमा ठाकुरलाई सर्वदलीय साथ, राप्रपा एक्लियो

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार २०:२१
रुवीकुमारी ठाकुर ।

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लिएको छ । अन्य सबै दलले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन जनाएका छन् ।

शुक्रबार हुने निर्वाचनअघि नै राजनीतिक समीकरण स्पष्ट बनेपछि ठाकुरको जित सुनिश्चित देखिएको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

तर, संसदमा रहेका प्रमुख दलहरू रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सबैले ठाकुरलाई समर्थन गर्ने निर्णय गरिसकेका छन् । सत्तारुढ रास्वपाले औपचारिक रूपमा ठाकुरको पक्षमा उभिने घोषणा गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले पनि राप्रपासँग वैचारिक असहमति जनाउँदै उसलाई समर्थन नदिने स्पष्ट पारेको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा उपसभामुख निर्वाचित हुन १३८ मत आवश्यक पर्छ । श्रम संस्कृति पार्टीको आफ्नै संख्या कम भए पनि ठूला दलहरूको समर्थनले ठाकुर सहज बहुमतमा पुग्ने देखिएको छ । विपरीत राप्रपाले आफ्नै उम्मेदवार उठाए पनि अन्य दलसँग सहमति जुटाउन नसक्दा प्रतिस्पर्धामा कमजोर बनेको छ ।

बहुदलीय समर्थनको बलमा ठाकुरको जित लगभग निश्चित बन्दै गएको छ । संसदमा ५ सिट मात्रै रहेको राप्रपा भने एक्लिएको छ । राप्रपाबाहेक रास्वपाको १८२, कांग्रेसको ३८, एमालेको २५, नेकपाको १८ र श्रम संस्कृति पार्टीको ७ सिट छ । महावीर पुन स्वतन्त्र सांसद छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.