उपसभामुख निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २७, शुक्रबार ११:१७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। रास्वपा प्रवक्ता तथा सांसद मनिष झाका अनुसार बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।

आजै उपसभामुखको निर्वाचन हुन लागेकाले त्यसअघि रास्वपाले साझा धारणा बनाउन बैठक डाकेको हो। उपसभामुखका लागि श्रम संस्कृतिकी रुवीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दिएका छन्।

Advertisement

ठाकुरलाई रास्वपाको समर्थन रहेको छ। बैठकमा निर्वाचनको रणनीति र पार्टीको भूमिकाबारे छलफल हुने प्रवक्ता झाले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.