
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ भन्ने कुरा बल्ल बुझेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा उपसभामुखका उम्मेदवार सरस्वती लामालाई प्रस्ताव गर्ने क्रममा सांसद शाहीले यस्तो धारणा राखे। उनले पहिले युद्ध र प्रेममा मात्र सबै कुरा जायज हुन्छ भन्ने सुनेको भए पनि अहिले राजनीतिमा पनि त्यस्तै अनुभव भएको बताए।
सांसद शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यो टिप्पणी गरेका हुन्। बिहीबार लामिछानेले आश्वासन दिएपछि नै लामाले उपसभामुखमा उम्मेदवारी दिएको तर पछि रास्वपाले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको उनले उल्लेख गरे। संख्यामा थोरै भए पनि आफ्नो पार्टी विचारमा भने सधैँ बलियो रहेको उनले दाबी गरे।



















