उपसभामुखमा राप्रपाकी उम्मेदवार सरस्वती लामाको प्रस्ताव अस्वीकृत

Share this
616shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार १८:३७

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि भएको पहिलो चरणको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरस्वती लामाको प्रस्ताव अस्वीकृत भएको छ । शुक्रबार जारी निर्वाचनमा लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान हुँदा बहुमतले प्रस्ताव अस्वीकृत भएको हो ।

मतदानमा सहभागी कुल २५७ सांसदमध्ये लामाको पक्षमा जम्मा ५ मत मात्र खसेको छ । उनको विपक्षमा २१५ मत खसेको छ भने ३७ जना सांसद तटस्थ बसेका छन् । यो नतिजासँगै लामा उपसभामुख बन्ने दौडबाट बाहिरिएकी छन् । अब सभामा दोस्रो उम्मेदवार रुबीकुमारी ठाकुरको प्रस्ताव निर्णयार्थ पेस हुने प्रक्रिया अघि बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.