कुँवरको राजीनामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार १३:२८

काठमाडौं । गण्डकी प्रदेश सरकारमा मन्त्री बन्ने अपेक्षा पूरा नभएपछि नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद दोर्णकुमार कुँवरले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै लिखित रूपमा राजीनामा बुझाएका हुन् । कुँवर मन्त्री बन्ने दौडमा रहे पनि मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्रिपरिषद्‌मा समावेश नगर्ने निर्णय गरेपछि उनले असन्तुष्टि जनाउँदै पद त्यागेका हुन् ।

Advertisement

बुधबार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री बाहेकका सबै मन्त्री हेरफेर गरिएको थियो । नयाँ मन्त्रिपरिषद्‌मा कांग्रेसबाट ४ र एमालेबाट ४ जना मन्त्री छन् । मन्त्री बन्न नपाएको असन्तुष्टिका कारण कुँवरले राजीनामा दिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.