रास्वपाको लेबी : कसलाई कति ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार १४:५६

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मन्त्री, सांसद तथा स्वकीय सचिवहरूका लागि मासिक लेबी निर्धारण गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त व्यवस्था पारित गर्दै पार्टी सञ्चालनका लागि नियमित योगदान प्रणालीलाई औपचारिकता दिएको हो । मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार अब पार्टीका मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ लेबी तिर्नुपर्नेछ भने सांसदहरूका लागि १६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

Advertisement

यस निर्णयलाई पार्टी अनुशासन र संगठन सञ्चालनलाई व्यवस्थित बनाउने प्रयासका रूपमा लिइएको छ । त्यस्तै, स्वकीय सचिवहरूका लागि पनि २ हजार रुपैयाँ लेबी तोक्ने निर्णय गरिएको छ ।

हाल यो व्यवस्था मन्त्रीका स्वकीय सचिवका हकमा लागू हुनेछ । भविष्यमा सांसदहरूले स्वकीय राख्ने व्यवस्था लागू भएमा उनीहरूका स्वकीय सचिवले पनि यही दरअनुसार लेबी तिर्नुपर्ने प्रावधान रहनेछ ।

पार्टीले जनप्रतिनिधिबाट संकलन हुने लेबीलाई संगठनात्मक गतिविधि, प्रशासनिक खर्च तथा आन्तरिक व्यवस्थापनमा प्रयोग गर्ने बुर्लाकोटीको भनाइ छ । यस निर्णयसँगै रास्वपाले आफ्ना निर्वाचित प्रतिनिधिबाट नियमित आर्थिक योगदान लिने औपचारिक प्रणाली सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.