
काठमाडौं । सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसका सांसद भरत खड्का निर्विरोध भएका छन् ।
उम्मेदवारी मनोनयन दर्ताका लागि संघीय संसद् सचिवालयले तोकेको समयमा खड्का एक्लैको उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । उनको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी बसेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको थियो । अरू दलहरूले पनि उनलाई नै समर्थन गरेपछि खड्काको एकल उम्मेदवारी परेको थियो ।
फागुन २१ गतेको निर्वाचनमा खड्का १४ हजार ८ सय ९७ मत ल्याएर डोटीबाट निर्वाचित भएका थिए ।



















