
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पर्यटकीय नगरी पोखरा जाने भएका छन् । पूर्वराजा शाहसँगै पूर्वमहारानी कोमल राज्य लक्ष्मीदेवी शाह पनि पोखरा जान लागेकी हुन् ।
पूर्वराजाका संवाद सचिव फणी पाठकले विज्ञप्ति जारी गर्दै शाह दम्पतीको पोखरा भ्रमणबारे जानकारी दिएका हुन् ।
भ्रमणको विस्तृत कार्य तालिका र उद्देश्यबारे केही नखुलाइए पनि उनीहरू यसै साता पोखरा प्रस्थान गर्ने तय भएको छ । पोखरा बसाइका क्रममा पूर्वराजा शाहले त्यहाँका शुभेच्छुकहरूसँग भेटघाट गर्न सक्ने अनुमान गरिएको छ ।
पूर्वराजा शाह पछिल्लो समय देशका विभिन्न भागको भ्रमणमा निस्कने र नागरिकहरूसँग साक्षात्कार गर्ने क्रममा सक्रिय देखिँदै आएका छन् ।

























