पूर्णबहादुरको स्पष्टीकरण फिर्ता लिने तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार १०:०४

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ ।

सानेपामा सोमबार बस्ने समितिको बैठकले खड्कालाई यसअघि सोधिएको सात दिने स्पष्टीकरण औपचारिक रूपमा फिर्ता लिने निर्णय गर्न लागेको हो । चैत २ गते बसेको बैठकबाट समितिले उनलाई स्पष्टीकरण सोध्ने निर्णय लिएको थियो ।

Advertisement

तर, पछिल्लो राजनीतिक तथा कानुनी अवस्थालाई आधार मान्दै स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालिएको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अदालतले समेत मान्यता दिएको अवस्थाले पुरानो निर्णय निरर्थक बनेको समितिको बुझाइ छ ।

यसअघि नै पूर्णबहादुर खड्काले अनुशासन समितिको उक्त निर्णयलाई अस्वीकार गरेका थिए । उनले त्यसलाई ‘अवैधानिक’ भन्दै कडा प्रतिक्रिया दिएका थिए ।

‘अवैधानिक महाधिवेशन र अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले बनाएका संरचनाले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ,’ उनले भनेका थिए, ‘यो निर्णय निरर्थक, हास्यास्पद र अर्थहीन छ ।’ अनुशासन समितिको सोमबारको बैठकपछि यस विषयमा औपचारिक निर्णय सार्वजनिक हुने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.