‘काम छ’ भन्दै बोलाएर सामूहिक कुटपिट

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख ७, सोमबार १४:०३

दमक । झापाको दमक नगरपालिका–१ हवल्दार चोकका ४३ वर्षीय वीरेन्द्र बस्नेतमाथि सोमबार बिहान सामूहिक कुटपिट भएको छ ।

प्रहरीका अनुसार ‘काम छ’ भन्दै बोलाएर बिहान १०ः३० बजेतिर कुटपिट गरिएको हो । उनलाई दमक–९ का ५५ वर्षीय शिव साह, कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईसहित चार जना व्यक्तिहरुले दमक नगरपालिका–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा बोलाएका थिए ।

बस्नेत त्यहाँ पुगेपछि उनीहरुले एक्कासि अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गर्नुका साथै कुटपिट गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनापछि प्रहरीले कुटपिटमा संलग्नमध्ये दुरेन राई र शिव साहलाई गोर्खा डिपार्टमेन्ट अगाडिबाट पक्राउ गरेको छ ।

घटनामा संलग्न अन्य फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका बस्नेतको कान, मुख र गर्धनमा चोट लागेको । हाल उनको उपचार भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.