भुपदेव शाह बने रास्वपाको महामन्त्री

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार १७:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भुपदेव शाहलाई पार्टीको महामन्त्रीमा नियुक्त गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

शाह काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का निकट मानिने व्यक्ति हुन् । मेयर हुँदा उनले शाहलाई प्रमुख स्वकीय सचिवका रूपमा जिम्मेवारी दिएका थिए । सोही पृष्ठभूमिका आधारमा उनलाई रास्वपाको केन्द्रीय नेतृत्वमा ल्याइएको हो ।

Advertisement

पार्टी स्रोतका अनुसार शाहको नियुक्ति संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यसहित गरिएको हो । रास्वपाले पछिल्लो समय संगठन विस्तार र आन्तरिक संरचना व्यवस्थित गर्ने क्रममा विभिन्न पदमा जिम्मेवारी बाँडफाँट गरिरहेको छ ।

नयाँ जिम्मेवारीसँगै शाहले पार्टीका केन्द्रीय निर्णय कार्यान्वयन, सदस्यता विस्तार तथा संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.